एससिओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनमा

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा आइपुगेका छन् ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

 प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतले स्वागत गरे ।

प्रधानमन्त्री आली र राष्ट्रपति सीबीच आजै भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *