काठमाडौं : काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।
गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको स्थानीयले बताएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
