डा. रुइत अन्तरिम सरकारको मन्त्री हुन मानेनन्

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनेर सरकारलाई सहयोग पुर्याउन गरेको आग्रह वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले अस्वीकार गरेका छन् । आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गर्न बिहान १० बजे डा. रुइत कार्यरत तिलगंगास्थित आँखा अस्पताल पुग्नुभएका प्रधानमन्त्रीले अहिलेको विशेष परिस्थितिमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

करिब ४५ मिनेट भएको छलफलमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर मन्त्री बन्न नसक्ने अवस्थाको जानकारी गराएका छन् छ । उनले आफू अस्पतालको काम र बिरामीलाई छाडेर सरकारमा जान नमिल्ने धरणा राखेको थिए । पछिल्लो समय जेन जी विध्वंशमा संलग्न हामी नेपाल नामक संस्थासँग डा.रुइत आवद्ध बारबरा फाउण्डेसनको निकटताबारे आलोचना भएपछि उनले त्यबारे स्पष्टिकरण दिएका छन् । हामी नेपाललाई अन्य धेरै व्यापारिक संघ संस्थाले आर्थिक सहयोग गरेका विवरणहरु बाहिर आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *