स्वास्थ्यमन्त्रीमा सिफारिस डा. मिश्राको नियुक्ति रोकियो

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरेकी डा. संगीता कौशल मिश्राको नियुक्ति अन्तिम समयमा रोकिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मिश्राविरुद्धको छानबिन अन्तिम चरणमा पुगेको र चाँडै मुद्दा दर्ता गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएपछि उनको नाम फिर्ता लिने प्रक्रिया अघि बढाइएको हो।

प्रधानमन्त्री कार्कीले आइतबार मिश्रासहित पाँच मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। तर मिश्राविरुद्ध अनुसन्धान भइरहेको भन्दै उनको नियुक्ति अघि नबढाउने निर्णय लिइएको स्रोतले जनाएको छ।

शेष चार सिफारिसमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा। मदन परियार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *