एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं, २६ असोज । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आज बिहान ११ बजेका बस्ने भएको हो ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *