नेपालले उपाधिका लागि सामोआसँग खेल्दै

काठमाडौँ, ३१ असोज । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो । नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि नेपाल छनोट भइसकेको छ । नेपालले आजको खेलमा सामोआलाई पराजित गरे प्रतियोगिताको उपाधि जित्ने छ । सामोआ विश्वकपको छनोटबाट बाहिरिएको छ ।

सामोआ सुपर सिक्समा जितविहीन छ नेपाल समूह चरणमा जापान र कतारलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । सुपर सिक्समा नेपालले हालसम्म खेलेका सबै खेल जितेको छ । नेपाल ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन् । युएई ६ अङ्कका साथ दोस्रो तथा ओमान पनि ६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । युएई र ओमान पनि सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *