प्रधानमन्त्रीले बोलाएको बैठकमा बालेन अनुपस्थित

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।

उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।

त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो। तर, उक्त छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह भने गएनन् । उनी किन गएनन् भन्ने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *