नेपाली कम्युनिस्ट पार्टीलाई २५ देशका कम्युनिस्ट पार्टीले दिए शुभकामना

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई २५ देशका कम्युनिस्ट पार्टीले समर्थन गर्दै शुभकामना दिएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वामपन्थी दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी स्थापना भएपछि विभिन्न देशका कम्युनिस्ट पार्टीबाट शुभकामना आउन थालेको हो ।

पार्टी निर्माणपछि वरिष्ठ नेता झलनाथ खनालले विश्वभरिका कम्युनिस्ट पार्टीलाई जानकारी गराएका थिए । खनालका अनुसार नेपालमा भएको एकताले विश्वभरका वामपन्थी शक्तिलाई नयाँ उत्साह र प्रेरणा दिएको छ।  जानकारीपछि विश्वका २५ वटा देशका कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूले नेपाली कम्युनिस्ट पार्टीलाई शुभकामना सन्देश पठाई ऐतिहासिक एकतालाई उच्च मूल्याङ्कन गरेको उनको भनाइ छ ।

खनालले भने, ‘हाम्रो एकताले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय वाम आन्दोलनलाई पनि सशक्त सन्देश दिएको छ। यो सहकार्य अब विश्वव्यापी रूपमा अझ मजबुत हुँदै जानेछ।’ विश्वका विभिन्न पार्टीहरूले पठाएका सन्देशमा नेपाली कम्युनिस्ट पार्टीको पहललाई स्थिर, जनमुखी र प्रगतिशील राजनीति निर्माणतर्फको ऐतिहासिक कदमका रूपमा व्याख्या गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *