काठमाडौं, मंसिर ६ । ग्रीन सिटी अस्पताल परिसरमा अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनको जीवनमा आधारित पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो संस्करण शनिबार एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको छ। २०८२ मंसिर ६ गते सम्पन्न उक्त कार्यक्रम साहित्यप्रेमी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भयो।
विमोचन समारोहमा बोल्दै अध्यक्ष टन्डनले आफ्ना संघर्ष, अनुभव र जीवनका महत्वपूर्ण मोडहरू पुस्तकमार्फत पाठकहरूसम्म पुर्याउन पाएकोमा खुशी व्यक्त गरे। उनले अडियो संस्करण उपलब्ध भएपछि दृष्टिविहीन, व्यस्त तथा अडियो सामग्री रुचाउने पाठकहरूका लागि पुस्तक झनै उपयोगी बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ व्यक्तित्व तोयानाथ पौडेलले ‘सङ्घर्षमय जीवन’ पुस्तक केवल व्यक्तिगत अनुभवको संग्रह मात्र नभई प्रेरणादायी जीवनदर्शन भएको उल्लेख गरे। उनले अडियो संस्करणले पुस्तकको पहुँच अझै व्यापक बनाउनेमा जोड दिए।
अडियो पुस्तक विमोचन कार्यक्रम वरिष्ठ पत्रकार टंक पन्तको संचालनमा सम्पन्न भयो। कार्यक्रममा प्रविन टन्डन, कमल जि.सी. लगायतका व्यक्तिहरूको उल्लेखनीय सहयोग रहेको थियो।
लोक बहादुर टन्डनको जीवनमा आधारित पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो सार्वजनिक
