जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

काठमाडौँ : आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ

। बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेढार्इं एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रुपमा स्थानीय रुपमा लोकप्रिय थिए ।

मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छ ।

पुत्र शोकले आमा गुनमायाका आँखा ओभाएका छैनन् । झापाको अर्जुनधारा नगरपालिका–११, विर्तामोडका सहिद गोपाल सेढाइँका आमा गुनमाया छोराको फोटो छातीमा राखेर बिलौना गरिन्, “मेरो गोपाल कहिले फर्कन्छ ?” सहिद गोपाललाई आन्दोलनका क्रममा बिर्तामोडमा गोली लागेको थियो ।

गोली लागेपछि नजिकैको बिएण्ड सी मेडिकल कलेजमा उपचारार्थ लगिएको थियो । अन्य घाइतेसँगै उपचार भइरहेका बेला गम्भीर घाइते गोपालको दुःखद् निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *