गगन थापा रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई रोल्पाबाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

कांग्रेस जिल्ला कार्यसमितिले मंगलबार बसेको बैठकमा यस निर्णयलाई औपचारिकता दिएको हो। कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले महामन्त्री थापासँगै अन्य चार जनाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार रोल्पाबाट महामन्त्री थापासँगै प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *