सुर्खेतमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

‎‎सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित फोरलेन सडकको बाँगेसीमल खण्डमा सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपेन्द्र मगराठीका अनुसार गाडीको ठक्करबाट ४३ वर्षीय जंगबहादुर बुढाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बुढा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का हुन् । ‎मृतक बुढाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । ‎घटनाको थप विवरण अनुसन्धानको क्रममा रहेको र सीसीटीभी फुटेजसमेत जाँच भइरहेको मगराठीले बताए ।

‎‎प्रारम्भिक जानकारी अनुसार, गाडीले ठक्कर दिएर फरार भएको छ ।  यद्यपि कुन सवारी साधन हो भन्ने पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *