न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ।   आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गत पुस ११ गते कीर्तिपुरबाट नियन्त्रणमा लिएको हो। कटुवालले बेरोजगार युवायुवतीलाई न्युजिल्याण्डमा राम्रो काम र तलब पाउने आशा देखाएर १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।

पीडितबाट पैसा लिएपछि लामो समयसम्म न्युजिल्याण्ड नपठाएको र सम्पर्क विहीन भएपछि पीडितले जाहेरी दिएका थिए। पक्राउ परेका कटुवाललाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *