सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ

सुनसरी । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् ।

हिजो भारतबाट नेपाल सफारी चलाएर आउँदै गरेका चालक विजय साहमाथि सशस्त्रका हवल्दारले गोली हान्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *