विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएकाे बताएका छन् ।

कार्यसम्पादन समिति बैठकमा भाग लिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेका निधिले पत्रकारहरूसँग नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।

‘विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएकाे छ,’ निधिले पत्रकारहरूसँग भने । पत्रकारहरूले विशेष महाधिवेशनका लागि हल बुक भइसक्यो । हुने निश्चित भयो भन्ने प्रश्नमा छोटो जवाफ दिँदै भने, ‘कसले भन्छ हुन्छ भनेर, हुँदैन ।’

पार्टी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनको तयारीमा लागेको निधिले बताए । पत्रकारहरूले पार्टीभित्र देखिएको विवादमा कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नको जवाफ भने दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *