लिङ्देनले देउवालाई दिए पृथ्वी जयन्तीको निम्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । बुधबार राप्रपा अध्यक्ष लिङ्देन र पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाबिच भेटवार्ता भएको हो ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।भेटमा दुई पार्टीका अध्यक्षहरूबिच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *