घट्यो मेवाको मूल्य, प्रतिकिलो कति ?

काठमाडौं : स्थानीय बजारमा मेवाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मेवाको भाउ घटेको देखाएको हो । बजारमा नेपाली र भारतीय गरी दुई थरी मेवा किन्न पाइन्छ । बिहीबार नेपाली मेवाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ घटेको छ ।

बुधबार बजारमा नेपाली मेवा प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो । बिहीबार भने मेवा न्यूनतम ६० देखि अधिकतम ७० र औसत ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै भारतीय मेवाको भाउ भने स्थिर छ । भारतीय मेवा प्रतिकिलो थोकमा न्यूनतम ९० देखि अधिकतम १ सय १० र ओसत १ सय रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *