कमला पुलको निर्माण कार्य तीव्र

धनुषा । धनुषा र सिरहा जोड्ने कमला पुलको निर्माण तीव्र गतिमा हुँदैछ । असार मसान्तभित्र काम सम्पन्न गरी पुलबाट आवत जावत सुरु गर्ने लक्ष्यसहित जोडतोडका साथ निर्माण कार्य भइरहेको छ ।

जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीहरुले अनुगमन गरेदेखि पुल निर्माणको कार्यले तीव्रता पाएको छ । हुस्सु, कुहिरो र सितलहरीका बावजुद निर्माण स्थलमा कामदारहरु काम गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *