तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले सशक्त भूमिका खेल्छ : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । नेपाली कांग्रेस सो निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्यताका साथ सफल पार्न लागिपर्ने महामन्त्री थापाको भनाइ थियो ।

काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि सरकारलाई सचेत गराए । महामन्त्री थापाले भने ,‘नेपाली कांग्रेस पार्टी फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ ।

र भव्यताका साथ नेपाली कांग्रेस पार्टी यो निर्वाचनलाई सफल बनाउने कुरामा आफनो भूमिका निर्वाह गर्दछ । हामी निर्वाचनमा सोहीअनुसार सहभागी हुन्छौँ भन्ने कुरा यहाँ राखेको छु ।’ महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधारको आवश्यकतामा पनि जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *