निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै देउवा पक्ष निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै निर्वाचन आयोग पुगेको छ । काँग्रेसको आधिकारिकता गगन थापा पक्षले पाएपछि मुद्दा लिएर सर्वोच्च अदालत पुगेको देउवा पक्षले निर्वाचन कार्यतालिका स्थगनको माग पनि अघि सारेको हो ।

निर्वाचन आयोगले माघ ६ गतेलाई प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ । देउवा पक्षले थापा पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरूद्व दायर रिटको सुनुवाई पनि माघ ६ गतेलाई नै तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *