अध्यक्ष ओली आज झापा आउँदै, यस्तो छ कार्यतालिका

दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा केन्द्रित कार्यक्रमहरूमा सहभागी हुन आज यहाँ आउने भएका छन् ।

निर्धारित कार्यक्रम अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे बिर्तामोडमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नेछन् ।

त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एनप्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै आन्तरिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

चुनावी माहोल तातिरहेको बेला झापा क्षेत्र नं. ५ का एमालेका तर्फबाट उम्मेदवार समेत रहेका अध्यक्ष ओलीको झापा भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कार्यक्रमका क्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *