उदयपुरमा बस दुर्घटना, १२ यात्रु घाइते

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगीमा टोलमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुरको क्यूआरटी टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरेर अस्पताल पु¥याएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *