अमेरिकाले आक्रमण गरेको इरानी युद्धपोतबाट ८० भन्दा बढी शव फेला

काठमाडौँ । अमेरिकी टरपिडो आक्रमणपछि इरानको एक नौसैनिक युद्धपोतबाट ८० भन्दा बढी शव फेला परेका छन्। श्रीलंकाको दक्षिणी सहर गाले नजिक समुद्रमा सङ्कट सङ्केत (डिस्ट्रेस कल) आएपछि मंगलबार श्रीलंकाको नौसेना र वायुसेनाले उद्धार अभियान सञ्चालन गरेको थियो । उद्धार टोलीले करिब ४० किलोमिटर टाढा समुद्री क्षेत्रमा खोजी गर्दा ३२ जना नाविकलाई जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

उद्धारकर्ताले समुद्रमा जीवित व्यक्तिहरूको खोजी जारी राखे पनि युद्धपोत वा त्यसको भग्नावशेष स्पष्ट रूपमा देखिएको थिएन । सुरुमा टरपिडो वा पनडुब्बीबाट आक्रमण भएको भन्ने रिपोर्टहरू पुष्टि हुन सकेका थिएनन् । पछि अमेरिकाका रक्षा मन्त्री पिट हेगसेथले अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको एक अमेरिकी पनडुब्बीले टरपिडो प्रहार गरी इरानी युद्धपोतमा आक्रमण गरेको बताए ।

डेनासहित अन्य इरानी जहाजहरू भारतको विशाखापट्टनममा आयोजित इन्टरनेशनल फ्लीट रिभ्यु २०२६ कार्यक्रममा सहभागी भएर फर्किँदै गरेका थिए । उक्त बहुराष्ट्रिय नौसैनिक भेलामा ५४ देश सहभागी भएका थिए । समुद्रबाट फेला परेका ८० भन्दा बढी शवलाई गालेको अस्पतालमा लगिएको छ। मृतकलाई राख्नका लागि आसपासका स्वास्थ्य संस्थाहरू पनि खाली गराइएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *