काठमाडौं १ मा रञ्जु दर्शना जित नजिक, रवीन्द्र मिश्र तेस्रो स्थानमा

काठमाडौं । काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना जित नजिक पुगेकी छन् । कुल २० हजार ४८८ मतगणना हुँदा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन् । यो मत कुल गणना भएको मतको करिब ५१ प्रतिशत हुन आउँछ ।

दर्शनाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरे । अहिलेको अवस्थामा दर्शना र थापाबीचको मतान्तर ५ हजार ८४८ पुगेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र २ हजार ७४४ मतका साथ तेस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *