तेह्रथुममा मतान्तर फराकिलो बनाएर अगाडि बढ्दै भानुभक्त ढकाल

तेह्रथुम । तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार ढकालले ५ हजार १ सय ७६ मत ल्याउँदै अग्रता कायम गरिरहेका हुन् । उनलाई नेपाली कांग्रेसका सन्तोस निंलेखुले ४ हजार ४ सय ६२ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै रास्वापाका सुरेन्द्र कार्की ४ हजार १ सय ८१ मत ल्याउँदै तेस्रो स्थानमा छन् भने श्रम संस्कृति पार्टीका सुविन्द्र थेगुवाले २ हजार १ सय १२ मत ल्याउँदै चौथो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *