काठमाडौं । भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरधन राईलाई पराजित गरेका हुन् ।
विजयी भएका राईले १६ हजार ६ सय ६३ मत ल्याए भने शेरधन राईले १४ हजार ७ सय ५० मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले ८ हजार ६ सय ७० मत ल्याउँदा रास्वपाका रमेशप्रसाद ओझाले ६ हजार १ सय २ मत पाएका छन् ।
