ट्रम्पको बयानपछि इरानले भन्यो– अमेरिकामाथिको विश्वास पूर्ण रूपमा गुमिसकेको छ

काठमाडौं । इरानले अमेरिकामाथिको विश्वास पूर्ण रूपमा गुमिसकेको बताएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको विगतको अनुभव कमजोर रहेको र अब त्यसमाथि विश्वास गर्न नसकिने बताएका हुन् ।

सन् २०१५ को आणविक सम्झौतालाई उल्लेख गर्दै उनले अमेरिका पहिले नै सम्झौताबाट पछि हटिसकेको बताए । ‘त्यसैले अब कुनै पनि नयाँ वार्तामा विश्वास छैन ।’ अराघचीले भने । उनका अनुसार सहयोगीहरूमार्फत अमेरिकासँग संवाद आदानप्रदान भइरहेको छ, तर यसलाई संवाद भन्न नसकिने पनि बताए ।

यसअघि मंगलबार राति ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध दुईदेखि तीन हप्ता भित्र समाप्त हुनसक्ने दाबी गरेका थिए ।

राष्ट्रपति ट्रम्पले इरानलाई आणविक शक्ति केन्द्र बन्नबाट रोक्ने लक्ष्य पूरा भएको बताउँदै अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको र कारबाही अन्तिम चरणमा पुगेको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *