नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्दैछ। शुक्रबार दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एक नेताले बताए।

उनका अनुसार आजको सचिवालय बैठक बिहीबार पार्टी संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ ले संसदमा दिएको अभिव्यक्तिमा केन्द्रित छ।

‘हिजो बादलजीले जे बोल्नुभयो। त्यो पार्टीको आधिकारिक लाइनविपरीत छ। सेना, अदालत, कर्मचारीतन्त्र, विदेशी कूटनीतिक नियोगजस्ता संस्थालाई लाञ्छित गर्ने गरी अभिव्यक्ति आउनु दुःखद् कुरा हो,’ ती नेताले भने, ‘यसलाई अविलम्ब सच्याउनुपर्छ।’

बिहीबार नै उपाध्यक्ष विष्णु पौडेलले दल नेता बादलले प्रतिनिधि सभाको पहिलो बैठकमा दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको बताएका थिए। उनले यसबारे आज सचिवालय बैठक बसेर छलफल गर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *