एमाले सचिवालय बैठक जारी, बादलको अभिव्यक्ति मुख्य एजेन्डा

काठमाडौं । नेकपा (एमाले) सचिवालयको आकस्मिक बैठक जारी छ । शुक्रबार दिउँसो पार्टी मुख्यालय च्यासलमा बैठक बसेको हो । कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलगायत विषयमा बैठकमा छलफल गरिने सचिव पद्मा अर्यालले बताइन् ।

उनले बाह्रखरीसित भनिन्, “कार्यवाहक अध्यक्ष बादलको अभिव्यक्तिलाई लिएर पार्टी पदाधिकारीले असन्तुष्टि व्यक्त गर्नुभएको छ । यिनैलगायत विषयमा छलफल हुनेछ ।”

बादलले बिहीबार प्रतिनिधिसभा बैठकमा पार्टीको स्थापित नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै उपाध्यक्ष विष्णु पौडेललगायत नेताले आपत्ति जनाएका छन् । बुधबार एमाले संसदीय दलको नेतामा बादल चुनिएसँगै पार्टीभित्र मतभेद सतहमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *