काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका–१६ बस्ने लम्जुङ दूधपोखरी गाउँपालिका–६ घर भएकी ५० वर्षीया वनकुमारी गुरुङलाई बुधबार पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजात समेत पठाउन लगाई विभिन्न बैंक खातामा पटकपटक गरी ९० लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।
