काठमाडौं : मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरास्थित सडकमा शुक्रबार साँझ अटो रिक्सालाई पछाडिबाट कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सडक छेउमा रोकिएको ना२ह ४५९२ अटोलाई हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र३–०१–०२३च ३०८१ नम्बरको कारले ठक्कर दिँदा अटोमा सवार बागमती गाउँपालिका–७ निवासी ४० वर्षीय चिनीमाया रुम्बाको मृत्युु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । दुर्घटनामा गम्भीर घाइते रुम्बालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
सोही दुर्घटनामा परी अटो चालक मकवानपुरको बागमती गाउँपालिका–८ निवासी २५ पर्षीय यमन राई र बागमती गाउँपालिका–७ शान्तिपुर निवासी ११ वर्षीय सुबिन पुलामीमगर घाइते भएको र दुवै जनाको हेटौँडास्थित सिसीएम चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
