काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले जनाएका छन् ।
साथै, उनले नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको उल्लेख छ ।
