बालेनजी कानुन भन्दै जाँदा पाप गर्नु हुन्न है : साम्पाङ

काठमाडौं :  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई विकास निर्माणका काममा सहयोग गर्ने बताएका छन्। बिहीबार राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्।

पछिल्लो समय सुकुम्वासी हटाउने सरकारको कदमप्रति आक्रोश व्यक्त गर्दै आएका उनले लेखेका छन्, ‘बालेनजी… कानुन भन्दै र मान्दै जाँदा पाप गर्नु हुन्न है। एक दिन मरेर जानु छ। के तेरो के मेरो। के सरकारको के जनताको। विकास निर्माणमा लाग्नुस् साथ दिनेछु अन्यथा विरोध भइरहनेछ।’

यस्तै, साम्पाङले आफ्ना समर्थकलाई सुझाव दिँदै कसैलाई पनि गालीको जवाफ गालीले नदिन अनुरोध गरेका छन्। उनले लेखेका छन्, ‘मेरा आदरणीय समर्थक ज्युहरूलाई अनुरोध मलाई गाली गर्नेहरूलाई गालि गरेर उत्तर नदिनु होला। माफ गरिदिनु किनकि उनीहरूलाई थाहा छैन गरिबलाई हेप्नु नै पाप हो भन्ने।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *