इजरायल–हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

काठमाडौँ : इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक हिजबुल्लाहको ड्रोन आक्रमणमा एक सैनिकको मृत्यु भएको छ। यससँगै इरान समर्थित समूहसँग जारी युद्धमा मारिने इजरायली सैनिकहरूको संख्या २४ पुगेको छ।

सेनाका अनुसार मृत्यु हुने सैनिक २० वर्षीया सार्जेन्ट रोतेम यानाइ हुन्। उनी उत्तरी इजरायलमा सञ्चालन भइरहेको सैन्य गतिविधिका क्रममा मारिएको बताइएको छ।

सोही घटनामा एक रिजर्भ सैनिक गम्भीर रूपमा घाइते भएका छन् भने अर्को मध्यम रूपमा घाइते भएका छन्। इजरायली सेनाले उक्त आक्रमण हिजबुल्लाहको विस्फोटक ड्रोनबाट भएको पुष्टि गरेको छ। युद्ध सुरु भएयता हालसम्म २३ सैनिक र एक नागरिक ठेकेदारसहित कुल २४ इजरायलीको मृत्यु भएको छ।

इजरायली सेनाले बुधबार लेबनानको जाजानी नदीभन्दा दक्षिणका सबै क्षेत्रलाई “युद्ध क्षेत्र” घोषणा गर्दै स्थानीय बासिन्दालाई खाली गर्न आग्रह गरेको छ। यो कदम अप्रिल १७ को युद्धविरामपछि पहिलो पटक गरिएको ठूलो स्तरको चेतावनी मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *