मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

काठमाडौं : नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो देखा परेको छ। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो। मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडेभ्याकुर चरा मधेश प्रदेश क्षेत्रमा पहिलो पटक भेटिएको दाबी गरे।

उनले समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा सो चरा देखेको जानकारी दिए। उनका अनुसार यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र यो चराको अभिलेख रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *