काठमाडौं । जारी फिफा विश्वकप २०२६ को पहिलो खेलामा पाराग्वेलाई हराउँदै आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा पाराग्वेलाई ४–१ गोल अन्तरले हराउँदै अमेरिकाले विजयी सुरुवात गरेको हो ।
क्यालिफोर्नियाको लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले सातौं मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले गरेको आत्मघाती गोलमार्फत अग्रताको सुरुवात गरेको थियो ।
३१ औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुन गोल गर्दै २–० को अग्रता कायम गरे । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बालोगुनले थप १ गोल गर्दै अमेरिकालाई ३–० गोलको अग्रता बनाएका थिए ।
पाराग्वेका लागि माउरिसिओले ७३ औं मिनेटमा एक गोल फर्काएका थिए । जियोभानी रेयनाले दोस्रो हाफको इन्जुरी समयमा गरेको थप एक गोलसहित पाराग्वेमाथि ४–१ गोलको जित निकाल्दै अमेरिकाले विश्वकपमा सुखद् सुरुआत गरेको हो ।
