काठमाडौं । नेकपा (एमाले)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक आज साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्नेछ ।
बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा संसदीय दलको बैठक पनि बस्नेछ ।
