काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएकाे छ । हिजो सुर्खेतबाट पक्राउ गरिएको उनलाई आज विभागमा उपस्थित गराइएकाे हो ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको थियाे । पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका उनलाई सुर्खेतबाट पक्राउ गरेर आजकाठमाडौं ल्याइएको हो ।
