सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि प्रदेश सभामा पेश गरेको बजेट प्रति शत्तरुढ दल नेकपा (एमाले)ले चरम असन्तुष्टि जनाएको छ । यथास्थितीमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेको हो।

नेकपा एमले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट एक लौटी भएको र शत्तारुढ अर्को दललाई पुर्णरुपमा वेवासता गरेको निष्कर्ष निकालेको हो । यथा स्थितिमा सरकारको समर्थन गर्न नसकिने भन्दै प्रदेश कमिटिले बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको नेकपा (एमाले) की प्रदेश उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश कार्यालय धनगढीमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *