कर्णालीमा मिनिबस दुर्घटना : एकजनाको शव फेला

काठमाडौं । कालिकोट जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेर भएको दुर्घटनामा एकजनाको शव फेला परेको छ । आज बिहान साढे ११ बजे सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा नजिकबाट कर्णालीमा खसेको हो ।

एक युवकको शव नदीको भिरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामग्रीसहित परिचालन गरिएको छ। प्रहरीले खोजी कार्य जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *