सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्षसहित ७ जना पक्राउ

काठमाडौँ : सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका ६ नेता तथा कार्यकर्ता पक्राउ गरेका छन् । राज्य आतंक बढेको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष दिपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य बिशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानून राष्ट्रिय कमिटी सचिव सुदीप थापा, सिरिस बुढाथोकीलाई पक्राउ गरेको अनेरास्ववियुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *