इन्जिनियरिङसँगै मनोरञ्जन क्षेत्रमा सक्रिय राकेश शाह, बहुभाषिक चलचित्र ‘प्रतिवैरम्’ निर्माणमा व्यस्त

काठमाडौं । बेलायतको स्कटल्यान्डस्थित एडिनबर्गमा बसोबास गर्दै आएका राकेश शाह इन्जिनियरिङ पेशासँगै नेपाली तथा मैथिली मनोरञ्जन क्षेत्रमा सक्रिय योगदान दिँदै आएका छन्। उनी आदर्श प्रोडक्सन्सका संस्थापक, गीतकार तथा निर्माता हुन्।

नेपालको लहानमा जन्मिएका शाहले भारतको गुरु नानक इन्स्टिच्युसन्स टेक्निकल क्याम्पस, जवाहरलाल नेहरू टेक्नोलोजिकल विश्वविद्यालय (JNTU), हैदराबादबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा बेलायतको हेरियट–वाट विश्वविद्यालय, स्कटल्यान्डबाट कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट विषयमा स्नातकोत्तर (MSc) उपाधि हासिल गरेका छन्।

हाल निर्माण परियोजना व्यवस्थापन क्षेत्रमा कार्यरत शाहले आफ्नो व्यावसायिक अनुभवलाई मनोरञ्जन उद्योगसँग जोड्दै आदर्श प्रोडक्सन्समार्फत नेपाली र मैथिली भाषामा म्युजिक भिडियो, वेब सिरिज तथा चलचित्र निर्माण गर्दै आएका छन्। गीतकारका रूपमा उनले ‘के तिमी मलाई माया गर्छौ’‘कसरी भनूँ तिमीलाई’ जस्ता गीत लेखेका छन् भने निर्माता रूपमा ‘न्यानो साथ’, ‘कसरी भनूँ तिमीलाई’, ‘के तिमी मलाई माया गर्छौ’‘जाने मान्छे गईहाल्छ छोडेर’ लगायतका नेपाली म्युजिक भिडियो निर्माण गरिसकेका छन्।

त्यस्तै, मैथिली भाषामा ‘चेहरा या चाँदनी गोरी’, ‘प्रियतम के हाथ’, ‘जवानी काफी’, ‘चालू अपन देश’‘आहा के चेहरा’ लगायतका म्युजिक भिडियो निर्माण गरी उनले मैथिली संगीत क्षेत्रमा पनि सक्रिय उपस्थिति जनाएका छन्।

शाह नेपाली तथा मैथिली भाषामा निर्माण गरिएको वेब सिरिज ‘आरती’का क्रियटिभ प्रोड्युसर हुन्। साथै, नेपाली, मैथिली, हिन्दी र भोजपुरी भाषामा निर्माणाधीन बहुभाषिक चलचित्र ‘प्रतिवैरम्’का निर्माता पनि रहेका छन्।

बेलायतमा रहेर पनि नेपालमा निर्माण भइरहेका मनोरञ्जनसम्बन्धी परियोजनाको योजना, विकास र निर्माण प्रक्रियामा सक्रिय संलग्न शाहले आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र मौलिक कथालाई प्राथमिकता दिँदै नेपाली चलचित्र तथा डिजिटल सामग्री निर्माणलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित विभिन्न कलाकार, गायक–गायिका तथा चलचित्रकर्मीसँग सहकार्य गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *