जापानी राजदूत माएडा र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ : नेपालका लागि जापानका राजदूत माएडा तोरु र परराष्ट्रमन्त्री शिशिर खनालबीच शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–जापानबीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी हुनुका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षको आगामी नेपाल भ्रमणको तयारीबारे पनि छलफल भएको थियो।

साथै, नेपालको शिक्षा, ऊर्जा र जलविद्युतजस्ता महत्त्वपूर्ण क्षेत्रमा जापान सरकारले गर्दै आएको विकास सहयोगलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन्। राजदूत माएडाले नेपाल–जापान साझेदारीलाई थप सुदृढ बनाउन जापान सधैं प्रतिबद्ध रहेको धारणा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *