पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल

काठमाडौँ : प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएको र ३५ घरपरिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले सङ्घ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित हुन अनुरोध गरेका छन्।

‘प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापितहरूको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछु,’ आङ्देम्बेले फेसबुकमा लेखेका छन् । आङ्देम्बेले जिल्लास्थित राजनीतिक दल, स्वयंसेवी संस्था र सामाजिक सङ्घ–संस्थालाई पनि प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिन अपिल गरेका छन्।

‘जिल्लास्थित सम्पूर्ण राजनीतिक दल र स्वयंसेवी संस्थाका प्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित भई राहत, उद्धार, खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक मानवीय सहयोग उपलब्ध गराउन हार्दिक अपिल गर्दछु,’ उनले भने।

उनले निरन्तर वर्षासँगै थप पहिरोको जोखिम कायम रहेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेमा जोड दिएका छन् । राहत सामग्रीको अभाव हुन नदिन र विस्थापितहरूको दीर्घकालीन पुनर्स्थापनाको योजना शीघ्र अघि बढाउन पनि उनले सरकारसँग आग्रह गरेका छन्।घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

जनकपुरधाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले घुसको रकमसहित कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको हो।

आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँ तल्लामा रहेको डिभिजन प्रमुखको निवासमा छापा मार्दा ढकाल बसेको सोफामा सेवाग्राहीसँग लिएको रु सात लाख ५० हजार रकम बरामद भएको छ।

खानतलासीको क्रममा स्रोत नखुलेको थप रु ७१ हजार ११५ नगदसमेत बरामद भएको सूचना अधिकारी पोखरेलले बताए। विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्न प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेको भन्ने उजुरीका आधारमा छापा मारिएको उनको भनाइ छ। पक्राउ परेका ढकाल र चौधरीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *