सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार १४० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३५ रुपैयाँले वृद्धि भएको हो।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ ५० पैसा कायम भएको छ। अघिल्लो दिन १० ग्राम चाँदी ३ हजार ७८० रुपैयाँ ५० पैसामा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *