काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ । चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा कर्मा तामाङलाई गएराति गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनलाई पक्राउ गर्न खोज्दा उनले आफ्नो साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेर घाइते भएका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
