सुगौली बिर्ता प्रहरीको एक्सन : करिब १०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

वीरगञ्ज । अवैध रूपमा उत्पादन तथा बिक्री–वितरण हुँदै आएको घरेलु मदिराविरुद्ध इलाका प्रहरी कार्यालय सुगौली बिर्ताले सक्रियता बढाएको छ। प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न पसलमा अनुगमन तथा अपरेसन सञ्चालन गरी करिब १०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय सुगौली बिर्ताका प्रहरी नायब निरीक्षक जगेश्वर महतोका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी विभिन्न पसलमा अनुगमन गरिएको थियो। सो क्रममा अवैध रूपमा राखिएको करिब १०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको घरेलु मदिरा जनप्रतिनिधि, समाजसेवी तथा सञ्चारकर्मीहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।घरेलु मदिराको अवैध उत्पादन तथा बिक्री–वितरण नियन्त्रणसँगै समाजमा हुने विकृति र सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय सुगौली बिर्ताले अवैध गतिविधिविरुद्ध देखाएको पछिल्लो सक्रियतालाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ। कानूनविपरीतका गतिविधिमाथि निरन्तर निगरानी र आवश्यक कारबाहीले शान्ति–सुरक्षा कायम गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ।अवैध गतिविधिविरुद्ध सुगौली बिर्ता प्रहरीको सक्रियता—स्थानीय सुरक्षाका लागि सकारात्मक कदम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *