१५ वर्षीया छात्रालाई अश्लील सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

बुटवल । पश्चिम नवलपरासीमा आफ्नै विद्यार्थीलाई अश्लील भाव झल्किने म्यासेज पठाएको आरोपमा एक विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्। पश्चिम नवलपरासीको सुस्ता–१, सिङाहास्थित न्यू लाइफ इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल भरत न्यौपाने बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन्।

विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील भाव झल्किने सन्देश पठाएको आरोपमा ४६ वर्षीय न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो। पीडित पक्षले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलाटारीले न्यौपानेलाई शनिबार राति पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार पक्राउ परेका न्यौपानेलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि  बताए । घटनासम्बन्धी म्यासेज सामाजिक सञ्जालमा समेत सार्वजनिक भएपछि घटना बाहिर आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *