कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्री सुदन गुरूङलाई बुझाइएको छ । छानबिन समितिले आज सुनसरी र सिरहमा भएको घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको हो । गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो ।

उक्त तनाव तराईका अन्य जिल्लामा पनि फैलिएको थियो । घटनामा चार जनाको मृत्यु समेत भएको थियो । घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सह–सचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो ।

यस्तै सिरहा घटनाको छानबिन गर्न गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गठन गरिएको थियो । दुवै समितिले आज प्रतिवेदन बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *