सुन तोलामै ९ हजार ३०० रुपैयाँले महँगियो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८५५ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु ३ लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु ४ हजार ५९५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *